२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

रवि लामिछाने आज रिहा हुँदै



काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार शुक्रबार रिहा हुँदैछन् । ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि थुनामुक्त हुन लागेका हुन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार धरौटी रकम बुझाइएको र अब जिल्ला अदालत रुपन्देहीबाट आवश्यक कागजात प्राप्त गरेपछि उनी औपचारिक रूपमा रिहा हुनेछन् । कागजात लिनका लागि लामिछाने शुक्रबार भैरहवा पुग्ने जनाइएको छ ।

लामिछाने रिहा हुने खबर फैलिएसँगै बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्यामा समर्थक तथा सर्वसाधारणको भीड लागेको थियो । समर्थकहरूले उनको रिहाइको प्रतीक्षामा कारागार परिसरमा उपस्थित भई चासो देखाएका थिए ।

सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेका लामिछानेमाथि अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि उनी जेलमुक्त हुन लागेका हुन् । रिहाइपछि उनी कानुनी प्रक्रिया अनुसार मुद्दाको सुनुवाइमा उपस्थित हुनुपर्नेछ ।

लामिछानेको रिहाइसँगै सहकारी ठगी प्रकरणमा राजनीतिक र कानुनी बहस थप चर्किने देखिएको छ । रास्वपाले यसलाई न्यायिक प्रक्रियाको स्वाभाविक चरणको रूपमा लिएको बताउँदै आएको छ भने विपक्षी दलहरूले घटनाको निष्पक्ष छानबिन र कानुनी निष्कर्षमा जोड दिएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : ५३ बजे

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा

प्रधानमन्त्री शाहद्वारा बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज