१७ श्रावण २०८३, आइतबार | August 3, 2026

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम नखुलेपछि चितवनको बाटो हुँदै जानेभएका छन् ।

रवि काठमाडौंदेखि भरतपुरसम्म जहाजबाट गएका छन् भने त्यहाँबाट गाडी चढेर भैरहवा जाने भएका छन्। उनी बिहान ७:५५ बजेदेखि भैरहवाका लागि उडान पर्खिरहेका थिए ।

मौसम प्रतिकूल बनेपछि उनले भरतपुरसम्म हवाई यात्रा गरी त्यसपछि स्थलमार्गबाट रुपन्देही पुग्ने निर्णय गरेका हुन् ।

यसअघि बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो।

उक्त आदेश जिल्ला अदालत रुपन्देहीमा पुगेपछि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनी भैरहवा जाने तयारीमा रहेका हुन्।

आज समयमै भैरहवा पुग्न नसके आइतबारसम्म उनी थुनामै बस्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १ : ५७ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले