काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम नखुलेपछि चितवनको बाटो हुँदै जानेभएका छन् ।
रवि काठमाडौंदेखि भरतपुरसम्म जहाजबाट गएका छन् भने त्यहाँबाट गाडी चढेर भैरहवा जाने भएका छन्। उनी बिहान ७:५५ बजेदेखि भैरहवाका लागि उडान पर्खिरहेका थिए ।
मौसम प्रतिकूल बनेपछि उनले भरतपुरसम्म हवाई यात्रा गरी त्यसपछि स्थलमार्गबाट रुपन्देही पुग्ने निर्णय गरेका हुन् ।
यसअघि बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो।
उक्त आदेश जिल्ला अदालत रुपन्देहीमा पुगेपछि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनी भैरहवा जाने तयारीमा रहेका हुन्।
आज समयमै भैरहवा पुग्न नसके आइतबारसम्म उनी थुनामै बस्नुपर्ने हुन्छ ।



















प्रतिक्रिया