२९ असार २०८३, सोमबार | July 13, 2026

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता सन्देश सभा आयोजना गर्दैछ। बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुने उक्त सभा काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुनेछ।

सभामा ५० हजार भन्दा बढीको सहभागिता रहने दाबी नेकपाले गरेको छ। सभाका लागि आएकाहरु बिहान ११ः३० बजे मैतीदेवी, लैनचौर, सुन्धारा, न्यूरोड, शान्ति बाटिकाबाट सहभागीहरू भेला भई जुलुस निकाल्नेछन् । चारैतिरको जुलुस कार्यक्रमस्थल भृकुटीमण्डपमा जम्मा हुने नेकपाका नेता हिमाल शर्माले बताए ।

सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वटा वामपन्थी घटक गत कात्तिक १२ गते एकीकृत भई नेकपा गठन भएको थियो । त्यसपछि पार्टीले देशभर एकता सन्देश सभा आयोजना गर्दै आएको छ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ८ : ५७ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले