८ पुस २०८२, मंगलबार | December 23, 2025

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि कांग्रेस र एमालेका केही पूर्व सांसदहरुको हस्ताक्षरमा छुट्टाछुट्टै रिट सर्वोच्चमा दर्ता गराएका थिए ।

आज नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र स्वतन्त्र सांसद गरि १४३ जनाले हस्ताक्षर गरेको विघटनविरुद्धको रिट सर्वोच्चमा दर्ता भएको हो । सो रिटमा भोलका लागि पेसी ताकिएको छ।

सर्वोच्चले रिट दर्ता गरेको र बुधबारका लागि पेसी समेत तोकेको पूर्वमहान्यायधिवक्ता तथ वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले जानकारी दिए।

रिटमा कांग्रेसका ६५ जना, एमालेका ७५ र जसपाका २ र एक स्वतन्त्र गरि १४३ जनाले हस्ताक्षर गरेका छन् ।

यसअघि कांग्रेस र एमालेले दिएको छुट्टाछुट्टै रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : ५२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना