१४ पुस २०८२, सोमबार | December 29, 2025

बयान दिन आयोग पुगे पूर्वगृहमन्त्री रमेश लेखक



काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते घटेका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष आज (पुस १४) बयान दिन सिंहदरबार पुगेका छन् । ती दिन भएका घटनाबारे आयोगले सोधेका प्रश्नहरूमा उनले आफ्नो धारणा राख्नेछन् ।

लेखकको सचिवालयका अनुसार उनले आज दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गरी घटनासम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

भदौ २३ र २४ गते भएको तथाकथित ‘जेनजी आन्दोलन’ का क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न सरकारले गठन गरेको आयोगले यसअघि नै तत्कालीन सरकारी निकायका सरोकारवाला अधिकारीहरूसँग बयान लिइसकेको छ । सोही प्रक्रियाअन्तर्गत तत्कालीन गृहमन्त्री लेखकलाई पनि बयानका लागि पुस ८ गते औपचारिक पत्राचार गरिएको थियो ।

आयोगका अनुसार घटनाकालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अन्य सम्बन्धित सबै उच्च अधिकारीहरूसँग बयान लिइसकिएको छ । ओलीलाई भने हालसम्म बयानका लागि पत्राचार नगरिएको आयोग स्रोतले जनाएको छ ।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सुरक्षा निकायको कारबाही र प्रदर्शनबीच भएको झडपमा ७६ जनाको ज्यान गएको थियो भने ठूलो संख्यामा नागरिक घाइते भएका थिए । घटनापछि चर्को राजनीतिक र सामाजिक दबाब बढेपछि सरकारले स्वतन्त्र छानबिनका लागि आयोग गठन गरेको थियो ।

आयोगले घटनाको सत्यतथ्य पत्ता लगाई दोषी पहिचान तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुझावसहित प्रतिवेदन सरकारलाई बुझाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : १९ बजे

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये

भदौ २३ को नैतिक जिम्मेवारी लिन्छु, २४ गतेको घटना नियोजित षड्यन्त्र हो : रमेश लेखक

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना

जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले दिए ६ पृष्ठको लिखित बयान (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ