काठमाडौं । नेकपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता हुने भएको छ ।
सोमबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टी एकतासम्बन्धी सहमति भएको हो ।
सहमति अनुसार एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न ‘तारा’ नै कायम हुनेछ । दुवै पार्टीबाट संघ, प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुने सहमतिमा उल्लेख छ ।
साथै टीकापुर घटनासँग सम्बन्धित प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दा खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने विषय पनि सहमतिको बुँदामा समेटिएको छ ।





















प्रतिक्रिया