१८ पुस २०८२, शुक्रबार | January 2, 2026

भदौ २३-२४ का घटनाबारे देउवा र प्रचण्डलाई जाँचबुझ आयोगको पत्र



काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्राचार गरेको छ ।

ती दुई दिनका घटनाबारे जानकारी लिन आयोगले पत्र पठाएको हो । आयोगले बयान दिन उपस्थित हुन नसके लिखित जवाफ पठाएपनि हुने सुविधा दिएको छ । पत्रसँगै उनीहरुलाई आयोगले जान्न चाहेको विषय केन्द्रित प्रश्नहरु पनि सँगै पठाइएको छ ।

आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाउने तयारी गरेको छ । ओलीलाई पत्राचार गर्ने विषयमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेका छन् । उनीहरुले ओली उपस्थित नभएमा कानूनबमोजिम गराउन सरकारको सहयोग मागरेका छन् ।

यसअघि आयोगले बुधबार तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिएको थियो भने अन्य १५० जनाजतिसँग बयान लिइसकेको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ३ : २१ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छन्

कांग्रेसको महाधिवेशन २०८३ वैशाखमा प्रस्ताव, कार्यवाहक सभापति खड्काद्वारा विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही

स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा दोस्रो राधाकृष्ण फुटसल प्रतियोगिता

बुटवल । स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा मुख्य प्रायोजन गरेको