१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बहुमतको बलमा विशेष महाधिवेशन पक्षधरलाई दबाउन खोजियो, मान्य हुँदैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापाले बहुमतको नाममा विशेष महाधिवेशन पक्षधरलाई दबाउन खोजिएको आरोप लगाएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि संचारकर्मीसँग बोल्दै महामन्त्री गगन थापाले नेतृत्वले बहुमतका नाममा विशेष महाधिवेशन पक्षधरहरुमाथि दादागिरी पारा देखाएको बताए । उनले विधानअनुसार बहुमतले निर्णय पारित भए पनि आफूहरू ४–५ जनाले असहमति जनाएको बताए । विधानले केन्द्रीय कार्यसमितिको म्याद बढीमा एक वर्ष थप्न सक्ने व्यवस्था गर्न हुने ४० प्रतिशत सदस्यले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान पनि विधानतः अनिवार्य रहेपनि नेतृत्वले त्यसलाई अस्वीकार गरेको आरोप लगाए ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद थप र महाधिवेशनको नयाँ तालिका प्रस्ताव बहुमतले पारित भएको थियो । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यसमितिको म्याद जेठसम्म थप गर्ने प्रस्तावप्रति गम्भीर असहमति जनाएका छन् ।

थापाले हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन काठमाडौंमै हुने दाबी गरे । यसका लागि पुषको अन्तिम साता काठमाडौंमा आउन महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे । सभापतिले १–२ दिनभित्र केन्द्रीय समिति बोलाएर निर्णय नगरे विधानअनुसार केन्द्रीय कार्यालयले नै विशेष महाधिवेशन आह्वान गर्ने उनले चेतावनी दिए ।

 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ८ : ०२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित