१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नवलपुरका दुई निर्वाचन क्षेत्रबाट नेकपाद्वारा १० उम्मेदवार सिफारिस



नवलपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नवलपुरका दुई निर्वाचन क्षेत्रबाट १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

विभिन्न घटकहरू मिलेर बनेको नेकपाले साविक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र चिरन पुन नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई समेट्दै उम्मेदवार सिफारिस गरेको हो। नेकपाका महाधिवेशन आयोजक समिति सदस्य एवं साविक नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज धनप्रसाद सापकोटाले उक्त जानकारी दिए

नेकपाको जिल्ला कमिटी बैठकले निर्वाचन क्षेत्र नं. १ बाट खस आर्य कोटामा लोकप्रसाद भुर्तेल र तुलसीराम भुसाल, अल्पसंख्यक कोटाबाट रमिला भुजेल, जेन–जी कोटाबाट अनु न्यौपाने तथा युवा कोटाबाट भुवन पौडेललाई सिफारिस गरेको सापकोटाले बताए।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट थारु समुदायबाट गणेशमान महतो, खस आर्य कोटाबाट दुर्गादत्त भण्डारी र ताराप्रसाद भुसाल, महिला कोटाबाट सरला खनाल तथा युवा कोटाबाट खेमराज पोख्रेल सिफारिस भएका छन्।

नेकपाले उम्मेदवार सिफारिस गर्दा समावेशी क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको र सोहीअनुसार सिफारिस गरिएको सापकोटाले जनाए

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ५२ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी