२४ पुस २०८२, बिहिबार | January 8, 2026

नवलपुरका दुई निर्वाचन क्षेत्रबाट नेकपाद्वारा १० उम्मेदवार सिफारिस



नवलपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नवलपुरका दुई निर्वाचन क्षेत्रबाट १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

विभिन्न घटकहरू मिलेर बनेको नेकपाले साविक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र चिरन पुन नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई समेट्दै उम्मेदवार सिफारिस गरेको हो। नेकपाका महाधिवेशन आयोजक समिति सदस्य एवं साविक नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज धनप्रसाद सापकोटाले उक्त जानकारी दिए

नेकपाको जिल्ला कमिटी बैठकले निर्वाचन क्षेत्र नं. १ बाट खस आर्य कोटामा लोकप्रसाद भुर्तेल र तुलसीराम भुसाल, अल्पसंख्यक कोटाबाट रमिला भुजेल, जेन–जी कोटाबाट अनु न्यौपाने तथा युवा कोटाबाट भुवन पौडेललाई सिफारिस गरेको सापकोटाले बताए।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट थारु समुदायबाट गणेशमान महतो, खस आर्य कोटाबाट दुर्गादत्त भण्डारी र ताराप्रसाद भुसाल, महिला कोटाबाट सरला खनाल तथा युवा कोटाबाट खेमराज पोख्रेल सिफारिस भएका छन्।

नेकपाले उम्मेदवार सिफारिस गर्दा समावेशी क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको र सोहीअनुसार सिफारिस गरिएको सापकोटाले जनाए

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ५२ बजे

नेपाल डेरी एसोसिएसन लुम्बिनीको नेतृत्वमा न्यौपाने, डेरी क्षेत्रबाट जिडिपीमा ९ प्रतिशत योगदान

बुटवल । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैटौँ वार्षिक साधारणसभा

विशेष महाधिवेशन विधानसम्मत हो, सभापति सहभागी बन्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको

१० लाख थान नमूना मतपत्र छापियो

काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदाता

लगानीको सुरक्षा राज्यको जिम्मेवारी हो : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक