२२ भदौ २०८३, सोमबार | September 8, 2026

खजुरा गाउँपालिकाको ६ महिनामा २५ प्रतिशत खर्च, पुँजीगत खर्च ४ प्रतिशत



खजुरा । बाँकेको खजुरा गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा चालु तर्फ ३५ प्रतिशत र पुँजीगत तर्फ ४ प्रतिशत बजेट खर्च गरेको छ । अर्थिक वर्ष ८२/८३ का लागि ८४ करोड ८० लाख ८८ हजार बजेट बिनियोजन गरिएकोमा पुस मसान्त सम्ममा २५ प्रतिशतले हुन आउने २० हरोड ८२ लाख ९९ हजार खर्च भएको हो ।

गाउँपालिकाको १८ औ गाँउसभा अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल चन्दले चालु तर्फ १९ करोड ७९ लाख ५३ हजार र पुँजीगत तर्फ १ करोड ३ लाख ४५ हजार खर्च भएको जानकारी दिइन् ।

स्थानीय सरकार कार्यान्वयनमा आएको ८ वर्षपछि पहिलोपटक गाउँपालिकाको आफ्नै सभाहलमा सम्पन्न अधिवेशनमा आर्थिक, प्रशासनिक तथा विकाससम्बन्धी महत्वपूर्ण एजेन्डामाथि छलफल गर्दै विभिन्न निर्णयहरू पारित गरिएको छ।

अधिवेशनले नयाँ राजश्व दररेट थप, विद्यमान ऐनहरू संशोधन, चालु कार्यक्रम तथा योजनाहरूमा आवश्यक संशोधन लगायतका प्रस्तावहरू प्रस्तुत भई सर्वसम्मत रूपमा पारित गरेको छ। यसअघिको गाँउसभाले प्रस्ताव गरेको बिभिन्न बजेट शिर्शकहरुलाई रकमान्तर गरि समयसापेक्ष बनाइएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीलबहादुर पौडेलले जानकारी दिए ।

गाउँपालिकाले अधिवेशनलाई सम्बोधन गदै पालिका अध्यक्ष डम्बर विक तुफानले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा विकास निर्माण, राजश्व संकलन र सुशासनमा जोड दिइने बताए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : ४७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार