१५ बैशाख २०८१, शनिबार | April 27, 2024

काँग्रेस महामन्त्री शशांक कोइराला कोरोना संक्रमणमुक्त



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोनामुक्त भएका छन् ।

महामन्त्री कोइराला संक्रमणमुक्त भएसँगै घर फर्किएका छन् । कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

होम आइसोलेसनमै बसेको अवस्थामा ज्वरोको समस्या बढेपछि कोइराला ओम अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनलाई रेमडेसिभिर औषधी लगाइएको थियो ।

संक्रमणमुक्त भएपनि उनी एक साता घरमै आइसोलेसनमा बस्ने उनका स्वकीय सचिव भरत तिवारीले जनाएका छन् । कोइरालाको स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए ।

यसैबीच, कोइराला संक्रमण मुक्त हुनु अघि उनको सचिवालयमा काम गर्ने एक जनालाई कोरोना संक्रमण भएको छ । बुधबार गरिएको परीक्षणमा ती सचिवालय सदस्यलाई कोरोना पोजेटिभ पुष्टि भएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १ : १७ बजे

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको