१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

दाबी भुक्तानी नपाएपछि त्रिबि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने



काठमाडौं । विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमाको सेवा नै बन्द गर्ने निर्णय गरेको छ । टिचिङ अस्पताल अस्पताल प्रशासनले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालबाट सेवाग्राहीले बीमकलाई सेवा प्रदान गरेपनि विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको भन्दै बीमाको सेवा बन्द गर्नु परेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार बीमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी छ । अस्पतालले मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत गरेपछि थप समस्या आएको हो ।

अस्पतालले विभिन्न आर्थिक वर्षमा दाबी गरेको रकममध्ये ठूलो हिस्सा भुक्तानी हुन बाँकी रहेको अस्पतालका सहायक सूचना अधिकारी काली प्रसाद रोसायराले जानकारी दिए ।

उता बोर्डले भने सरकारले प्रर्याप्त अनुदान नदिए पछि बोर्डले सेवा प्रदायक संस्थालाई भुक्तानी दिन नसकेको जनाएको छ । बनेर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि टिचिङ अस्पतालसँगै अन्य अस्पतालहरूले पनि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  २ : ४६ बजे

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान