काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि पार्टी संस्थापन समूहले कारबाही गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय थापा र शर्मालाई पाँच वर्षका लागि कारवाही गर्ने निर्णय गरेको हो । बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।
यसअघि कार्यबहाक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरहरुले पठाएको शर्त र उनीहरुसँग भएको निरन्तरको छलफलबारे जानकारी गराएका थिए ।
यसससँगै कांग्रेसमा औपचारिक रुपमा विभाजनको बीउ उम्रेको छ । भृकुटीमण्डमा भैरहेको विशेष महाधिवेशन पक्षधरहरुले गगन थापालाई पार्टी सभापति बनाउने गरी नयाँ नेतृत्व चयन प्रक्रियालाई अघि बढाएका छन् ।


















प्रतिक्रिया