१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

फुटको गतिविधि नरोकिएपछि कारवाहीको विकल्प रहेन : विमलेन्द्र निधि



काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र फुटको गतिविधि नरोकेपछि तीन शीर्ष नेतामाथि कारबाही गर्नु परेको प्रतिक्रिया दिएका छन् ।

पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टीमा अनुशासन कायम राख्न यस्तो कदम ‘अनिवार्य’ बनेको बताए ।

उनका अनुसार पार्टी एकतामा आँच पुर्‍याउने कार्य निरन्तर चलिरहेकाले अनुशासनको एजेन्डाअनुसार निर्णय गरिएको हो। “फुटको गतिविधि नरोकिएपछि कारबाही नगरी बस्न सकिँदैन,” निधिको भनाइ थियो।

भर्खरै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँचवर्षसम्म पार्टीसदस्यताबाट निलम्बन गर्ने अनुशासनात्मक कारबाही गरेको हो। यी नेताहरू विशेष महाधिवेशन पक्षधरको नेतृत्वमा रहेर नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइरहेका थिए।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ०९ बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा