काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।
पार्टीभित्र संस्थापन पक्ष र गगन थापा एवं विश्वप्रकाश शर्माको नेतृत्वमा बनेको नयाँ कार्यसमितिबीच को आधिकारिक हो भन्ने विषयमा निर्वाचन आयोगमा पुगेको विवादका बीच खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
भृकुटीमण्डमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेका छन् । उनले आफ्नो नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिएका छन् ।
दुई पक्षबीच तिब्र विवादका बीच कांग्रेस बुधबारदेखि ‘डि-फयाक्टो’ विभाजित भैसकेको छ ।
आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय नेताहरूको उपस्थिति हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।
विशेष महाधिवेशनपछि कांग्रेसभित्र उत्पन्न राजनीतिक परिस्थितिलाई लिएर कार्यवाहक सभापति खड्काको धारणा केन्द्रीय चासोको विषय बनेको छ ।
नयाँ कार्यसमिति घोषणा, पार्टीको आधिकारिकता, नेतृत्व र आगामी राजनीतिक रणनीतिबारे खड्काले पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
पार्टीभित्र संस्थापन र विशेष महाधिवेशन पक्षबीच तीव्र मतभेद देखिएका बेला खड्काको पत्रकार सम्मेलनलाई कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारणमा महत्वपूर्ण रूपमा हेरिएको छ ।


















प्रतिक्रिया