१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

कविता : मत र भविष्य



देश फेरि चुनावको मोडमा उभिएको छ।

नारा धेरै छन्, अनुहार परिचित छन्, तर प्रश्न उही छ ।

के यसपटक राज्यले नागरिकलाई देख्छ रु

शहरका मञ्चबाट बोलेका शब्दभन्दा टाढा

गाउँका भत्केका घर, बेरोजगार युवाका हात,

आमाको आँखामा जमेको आँसु

अझै उत्तर खोजिरहेका छन्।

यो देशलाई अब भाषण सुन्ने धैर्य छैन।

घाउमा मल्हम चाहिएको छ,

आँकडामा होइन ।

जीवनमा देखिने परिवर्तन चाहिएको छ।

हिंसा, अस्थिरता र विभाजनले

हाम्रो भरोसा थकित बनाइसकेको छ।

जात, धर्म र भूगोलका नाममा

नागरिकलाई टुक्र्याउने राजनीति

अब अस्वीकार्य छ।

राज्य भनेको सिंहदरबार मात्र होइन,

राज्य भनेको त्यो आमाको आशा हो

जसले सन्तानको भविष्य

भोटपेटिकामा खोजिरहेकी छन् ।

त्यो युवा हो,

जो देशमै पसिना बगाएर बाँच्न चाहन्छ।

हिमाल, पहाड र तराई

नारा होइनन्।

यी साझा भविष्य हुन्।

एकताको कुरा भाषणमा होइन,

नीतिमा देखिनुपर्छ।

चुनाव कुनै उत्सव मात्र होइन,

यो विवेकको परीक्षा हो।

मतदान अधिकार केवल अधिकार होइन,

जिम्मेवारी पनि हो।

अब नागरिक चुप छैनन्।

न वाचा चाहियो, न दया।

चाहिएको छ ।

न्याय, समानता र उत्तरदायित्व।

प्रश्न सरल छ, तर गम्भीर।

अब सरकार नागरिकका लागि बन्छ कि रु

नागरिक फेरि सरकारका लागि पर्खिरहन्छ रु

निर्णय हाम्रो हातमा छ।

मतपत्र सानो हुन्छ,

तर त्यसले देशको भविष्य लेख्छ।

 

कल्पना पौडेल ‘जिज्ञासुु’

खजुरा बाँके नेपाल ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  २ : २० बजे

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्