१० असार २०८३, बुधबार | June 24, 2026

कविता : मत र भविष्य



देश फेरि चुनावको मोडमा उभिएको छ।

नारा धेरै छन्, अनुहार परिचित छन्, तर प्रश्न उही छ ।

के यसपटक राज्यले नागरिकलाई देख्छ रु

शहरका मञ्चबाट बोलेका शब्दभन्दा टाढा

गाउँका भत्केका घर, बेरोजगार युवाका हात,

आमाको आँखामा जमेको आँसु

अझै उत्तर खोजिरहेका छन्।

यो देशलाई अब भाषण सुन्ने धैर्य छैन।

घाउमा मल्हम चाहिएको छ,

आँकडामा होइन ।

जीवनमा देखिने परिवर्तन चाहिएको छ।

हिंसा, अस्थिरता र विभाजनले

हाम्रो भरोसा थकित बनाइसकेको छ।

जात, धर्म र भूगोलका नाममा

नागरिकलाई टुक्र्याउने राजनीति

अब अस्वीकार्य छ।

राज्य भनेको सिंहदरबार मात्र होइन,

राज्य भनेको त्यो आमाको आशा हो

जसले सन्तानको भविष्य

भोटपेटिकामा खोजिरहेकी छन् ।

त्यो युवा हो,

जो देशमै पसिना बगाएर बाँच्न चाहन्छ।

हिमाल, पहाड र तराई

नारा होइनन्।

यी साझा भविष्य हुन्।

एकताको कुरा भाषणमा होइन,

नीतिमा देखिनुपर्छ।

चुनाव कुनै उत्सव मात्र होइन,

यो विवेकको परीक्षा हो।

मतदान अधिकार केवल अधिकार होइन,

जिम्मेवारी पनि हो।

अब नागरिक चुप छैनन्।

न वाचा चाहियो, न दया।

चाहिएको छ ।

न्याय, समानता र उत्तरदायित्व।

प्रश्न सरल छ, तर गम्भीर।

अब सरकार नागरिकका लागि बन्छ कि रु

नागरिक फेरि सरकारका लागि पर्खिरहन्छ रु

निर्णय हाम्रो हातमा छ।

मतपत्र सानो हुन्छ,

तर त्यसले देशको भविष्य लेख्छ।

 

कल्पना पौडेल ‘जिज्ञासुु’

खजुरा बाँके नेपाल ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  २ : २० बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३