बुटवल । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही जिल्ला छाडेका छन् । एमालेको सचिवालय बैठकले पौडेललाई पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेले रुपन्देहीको १, २ र ४ नम्बरलाई पार्टी अध्यक्ष केपी ओली आफैले पछि निर्णय लिनेगरि छाडिएको छ भने ३ बाट बासुदेव घिमिरे र ५ बाट खिमलाल भट्टराईलाई टिकट दिइएको छ । पाल्पा २ मा उपाध्यक्ष पौडेललाई टिकट दिँदा १ नम्बरमा निर्णय गरिएको छैन ।
एमालेले कपिलवस्तुमा आजमात्र एमाले प्रवेश गरेका बिरेन्द्र कनोडियालाई उम्मेदवार बनाएको छ । दाङको १ र २ पछि छलफल गर्ने गरि ३ मा घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ । गुल्मीमा १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्ण विष्टलाई उम्मेदवार बनाएको छ । त्यसैगरि बाँकेको १ मा सुर्य ढकाल र ३ मा दलबहादुर सुनारलाई उम्मेदवार बनाउँदा २ मा निर्णय गरिएको छैन । बर्दियामा १ मा सालिकराम अधिकारी र २ मा विमला विकलाई उम्मेदवार बनाएको छ ।


















प्रतिक्रिया