२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देही-२ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्धार पाण्डेले गरे मनोनयन दर्ता



बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही २ का उम्मेद्वार सुवास पाण्डे ‘विश्वदीप’ले उम्मेद्वारी दर्ता गराएका छन् । कार्यकर्ताहरुको बोक्लो उपस्थितीका साथ आएका पाण्डेले निर्वाचन क्षेत्र क्षेत्र २ को कार्यालय बुटवल देविनगरमा दिउसो १ः४५ बजे मनोनयन दर्ता गराएका हुन् ।

पाण्डेको प्रस्तावकमा नारायण जिसि ‘निर्मल’ र समर्थकमा ऋज्जु श्रेष्ठ बसेका छन् । रूपन्देही सैनामैना निवासि पाण्डे युवा नेताका रूपमा परिचित छन् । उम्मेदवार पाण्डे यसअघि यहि क्षेत्रबाट एमाले उपाध्यक्ष विष्णु पौडेलसंग निर्वाचन लडेका स्व. भक्ति पाण्डेका छोरा हुन् ।

उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पाण्डेले सुशासन, सामाजिक न्याय र संविधानको सुदृढीकरणका लागि आफ्नो उम्मेद्धारी रहेको बताए ।

‘म कुनै सपना देखाउन उम्मेद्वार हुँदैछैन’ उनले भने –‘देशको परिवर्तन र जनताको आकाक्षा पूरा गर्न आएको हुँ ।’ उनले निर्वाचन सबैको एकताले जित्ने बताउँदै सबैको सहयोगको अपेक्षा गरे । मनोनयन दर्तामा नेपाली कम्यूनिष्ट पार्टीका नेताहरू र्याली सहित निर्वाचन कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  २ : ३७ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले