६ माघ २०८२, मंगलबार | January 20, 2026

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल र कांग्रेसबाट चुन्नु पौडेलको उम्मेदवारी दर्ता



बुटवल । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल र नेपाली कांग्रेसका तर्फबाट उद्योगी चुन्नु प्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा छुट्टाछुट्टै कार्यकर्ताहरुको उपस्थिती सहित निर्वाचन क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेका पौडेल द्वयले आ-आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्ष पौडेलको उम्मेदवारी दर्ता गराउन एमाले नेता भोजप्रसाद श्रेष्ठ, उद्यमी एजाज आलम सहित ठुलो संख्यामा कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । एमाले उपाध्यक्ष पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद रहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : ३८ बजे

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत