१७ भदौ २०८३, बुधबार | September 2, 2026

आईसीसी टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिए



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अन्तर्राष्ट्रिय वरीयतामा उल्लेखनीय सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सार्वजनिक गरेको टी-२० तर्फको पुरुष अलराउन्डर वरीयतामा ऐरी दुई स्थान उक्लँदै छैटौँ स्थानमा पुगेका छन् ।

यसअघि आठौँ स्थानमा रहेका ऐरी हालैका अन्तर्राष्ट्रिय प्रदर्शनको प्रभावस्वरूप वरीयता सुधार गर्न सफल भएका हुन् । ऐरीको यो उपलब्धिलाई नेपाली क्रिकेटका लागि महत्वपूर्ण प्रगतिको रूपमा हेरिएको छ ।

आईसीसीको अद्यावधिक वरीयताअनुसार जिम्बाब्वेका कप्तान सिकन्दर राजा शीर्ष स्थानमा यथावत् छन् । त्यस्तै, पाकिस्तानका अलराउन्डर सैम अयुवले दोस्रो स्थानमा आफ्नो वरीयता कायम राखेका छन् ।

भारतका स्टार अलराउन्डर हार्दिक पान्ड्याले एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन् । यसअघि तेस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेज एक स्थान घट्दै चौथो स्थानमा झरेका छन् । पाकिस्तानका मोहम्मद नवाज पाँचौँ स्थानमा यथावत् रहेका छन् ।

दीपेन्द्रसिंह ऐरीको वरीयतामा आएको यो सुधारले नेपाली क्रिकेट खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्दै गएको संकेत गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ०१ बजे

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन

रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुने

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संकटबाट पार लगाउन सामाजिक सञ्जालले सक्दैन, सबै संयन्त्र परिचालन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश