१२ असार २०८३, शुक्रबार | June 26, 2026

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा योगदान पुर्‍याउने पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलकुद पत्रकारिता पुरस्कार र फोटो पत्रकारिता पुरस्कार स्थापना गरेको छ । महासंघको १५ औँ नियमित बैठकले फरक-फरक दुई विधामा उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

महासंघका अनुसार दुवै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहनेछ । खेलकुद पत्रकारिता पुरस्कारका लागि नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताबाट बचत भएको रकमलाई ५ लाख रुपैयाँको कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । सो कोषबाट प्राप्त हुने ब्याज रकमबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ । उक्त पुरस्कार यसै वर्षको स्थापना दिवसका अवसरमा वितरण गरिने पनि महासंघले जानकारी दिएको छ ।

त्यसैगरी महासंघले फोटो पत्रकारिता पुरस्कार पनि यसै वर्षबाट स्थापना गर्ने निर्णय गरेको छ । गत पुस महिनामा बुटवल मण्डपमा सञ्चालन गरिएको फोटो प्रदर्शनीबाट सङ्कलित रकमबाट ५ लाख रुपैयाँको कोष निर्माण गरी उक्त कोषको ब्याजबाट आउने रकमबाट प्रत्येक वर्ष लुम्बिनी प्रदेशभरिका पत्रकारहरूले प्रकाशन गरेका फोटोमध्ये उत्कृष्ट एक जनालाई उक्त पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ । यस कोष निर्माणका लागि रुपन्देही उद्योग संघले २ लाख रुपैयाँ सहयोग गरेको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष दिनेश पाण्डेले रुपन्देहीलाई लुम्बिनी प्रदेशका सबै जिल्लासँग भावनात्मक रूपमा जोड्ने उद्देश्यले प्रदेशस्तरीय पुरस्कार स्थापना गरिएको बताए ।

“अग्रजहरूले रुपन्देहीलाई पत्रकारितामा मोफसलको राजधानीका रूपमा स्थापित गरिसक्नु भएको छ । त्यसै भावनालाई थप मजबुत बनाउने प्रयासस्वरूप प्रदेशस्तरीय पुरस्कार स्थापना गरिएको हो,” अध्यक्ष पाण्डेले भने, “रुपन्देही पत्रकारितामा अग्रणी जिल्ला भएकाले यसले फोटो पत्रकारितामा क्रियाशील पत्रकारहरूलाई थप प्रोत्साहन मिल्नेछ ।”

यसै बैठकले महासंघ मातहत रहेको पत्रकार कल्याणकारी कोषलाई ३० लाख रुपैयाँ पुर्‍याउने निर्णय पनि गरेको छ । यसअघि २५ लाख रुपैयाँ रहेको कोषमा यस वर्ष थप ५ लाख रुपैयाँ जम्मा गरी कोष वृद्धि गरिएको हो ।

महासंघका अनुसार उक्त कोषबाट कुनै पत्रकारको निधन भएको खण्डमा आश्रित परिवारलाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । साथै, विगतदेखि नै दुर्घटनामा परेका पत्रकारहरूको उपचार सहयोग गर्दै आएको महासंघले गत वर्षदेखि सुत्केरी पोषण खर्च तथा शिशु बचत योजना समेत सञ्चालन गर्दै आएको जनाएको छ ।

महासंघ रुपन्देही शाखामा आबद्ध महिला पत्रकार सुत्केरी हुँदा ५ हजार रुपैयाँ पोषण खर्च र उनको शिशुका नाममा ५ हजार रुपैयाँ बराबरको बचत खाता खोलिदिने व्यवस्था समेत गरिएको महासंघले जनाएको छ ।

त्यसैगरी बैठकले निर्वाचनका समयमा हुन सक्ने पत्रकार आचारसंहिता उल्लङ्घन तथा पत्रकार सुरक्षाका विषयमा अनुगमन गर्ने उद्देश्यले महासंघका अध्यक्ष दिनेश पाण्डेको संयोजकत्वमा, सल्लाहकारहरू सदस्य रहने अनुगमन समिति गठन गरेको महासंघका सचिव सिपी खनालले जानकारी दिए ।

महासंघले यसै बैठकबाट पत्रकार कल्याणकारी कोष कार्यविधि-२०८२, फोटो पत्रकारिता पुरस्कार कार्यविधि-२०८२ र खेलकुद पत्रकारिता पुरस्कार कार्यविधि-२०८२ समेत पारित गरेको छ । साथै अन्य पुरस्कारहरूलाई पनि थप व्यवस्थित गर्ने निर्णय गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : ५६ बजे

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको