१० चैत्र २०८२, मंगलबार | March 24, 2026

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट



म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ जना निर्वाचन प्रहरी छनोट भएका हुन् ।

शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरूलाई नियुक्तिका लागि शनिबार सम्पर्कमा बोलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

उनले निर्वाचन प्रहरीको वैकल्पिक सूचीमा छनोट भएका २८६ जनामध्ये २१२ जना छिमेकी जिल्ला बागलुङमा पठाइने बताए । छनोट भएका निर्वाचन प्रहरीहरूका लागि आइतबारदेखि तालिम सञ्चालन गरिने भएको छ ।

बेनी र इलाका प्रहरी कार्यालय रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तालिम सञ्चालन गरिने प्रनाउ थापाले बताए । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गर्न लागिएको हो ।

६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४२ हजार ३३२ पुरुष र ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कूल ८६ हजार ३९७ जना मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अति संवेदनशील, २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए ।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यसहित सुरक्षा अधिकारीहरूको टोलीले मतदानस्थलको निरीक्षण कार्यलाई अन्तिम चरणमा पुर्‍याएकाे छ । प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई, छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ वटा मतदानस्थलमा १२० मतदान केन्द्र कायम भएको छ ।

म्याग्दीमा एक स्वतन्त्र र ११ जना राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार महावीर पुन मुख्य प्रतिस्पर्धीका रुपमा रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ११ : २९ बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको