१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा शनिबार ५० जना कोरोना संक्रमित डिस्चार्ज हुँदै



नेपालगन्ज । बाँकेमा शनिबार ५० जना कोरोना संक्रमित डिस्चार्ज हुन लागेका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले शनिबार बिहान जारी गरेको सूचनाअनुसार विभिन्न आइसोलेसन केन्द्रमा रहेका ५० जना कोरोना संक्रमित निको भएर घर फर्किन लागेका हुन् ।

जिल्लामा हालसम्म १ हजार ७ सय ६४ जना कोरोना संक्रमित पुगेका छन् । जसमध्ये १ हजार ४ सय ११ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १२ जनाको मृत्यु भएको छ । अझै पनि विभिन्न आइसोलेसनमा ३५८ जना बिरामी रहेको संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुने दर ७९ दशमलव ५४ प्रतिशत रहेको छ । मृत्यु दर ० दशमलव ६८ प्रतिशत रहेको छ ।

यसैगरी रोगको प्रकोप दर ० दशमलवल २९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : ४७ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा