१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

चालुआबमा छुट्टाइएका अधिकांश योजनामा सरकारले कैची चलायो : पूर्वअर्थमन्त्री पौडेल



बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदबार विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा पछिले छुट्टाएका अधिकांश योजनाका बजेट अहिलेको सरकारले कटौती गरेको जनाएका छन् ।

बजेट कटौतीका कारण ती आयोजनाहरु स्थगित भएको भन्दै उनले बजेट नरोक्न वर्तमान सरकारलाई सुझाव दिएपनि ध्यान नदिएको बताएका छन् । ‘एकातर्फ पूँजीगत खर्च भएन भन्ने र अर्कोतर्फ विकासका आयोजनाहरुको बजेट रोक्ने काम भएको छ ’-उनले भने ।

आइतबार बुटवल उपमहानगरपालिका वडा नं ६ को चन्द्रनगर कमिटीको भेटघाट कार्यक्रममा बोल्दै उनले विकासमा गति लिएको रुपन्देहीका सबै योजनाहरु अघि बढ्ने बताए । बजेट निर्माणका समयमा अर्थमन्त्री रहेका पौडेलले यस क्षेत्रमा ठूलो बजेट खन्याएको भन्दै अरु जिल्लामा आलोचना भएको थियो । तर त्यसरी छुट्टाइएको बजेट नै कटौती भएपछि उनले अहिलेको सरकार तथा मन्त्रीहरुलाई प्रश्न उठाएका हुन् ।

नेता पौडेलले नीतिगत रुपमा नै ढोका खोल्ने क्रम रहेकोले अहिले काटिएका योजना एमाले नेतृत्वमा पुगेपछि पुनः जोडिने जनाएका थिए । कार्यक्रममा स्थानीय अगुवा तथा नेता कृष्ण पोखरेलले वडामा रोकिएको खानेपानीको आयोजना, कवर्ड हल, सुखौरा खोला ब्यवस्थापनजस्ता कामलाई अघि बढाउन आग्रह गरे । खेलकुदको हब, श्रवणपथको बाटो ब्यवस्थापनसंगै गुल्जार बनाउने योजनालाई अघि बढाउनुपर्ने उनले बताए ।

०६४ देखि यस क्षेत्रमा निरन्तर निर्वाचन जितिरहेका पौडेलले यसपटकको निर्वाचन तुलनात्मक रुपमा सजिलो भएको जनाएका छन । धेरै अप्ठयारो र धेरै सजिलो निर्वाचन लडेको स्मरण गर्दै उनले विगतका तुलनामा यसपटक धेरै सहज रहेको बताएका हुन् । ‘०६४ मा सबैतिर माओवादीको लहर आएको थियो, ०७० मा प्रधानमन्त्री बनेका नेता डा. बाबुराम भट्टराई लड्न आउनुभएको थियो, ०७४ मा केही सहज थियो, ०७९ मा एमालेविरुद्ध कति धेरै दलको मोर्चाबन्दी थियो, एमालेबाट पनि एक समूह निस्केर त्यतै लागेको थियो, ती अवस्थामा यहाँका मतदाताले साथ दिनुभएको हो, यसपटक त तुलनात्मक रुपमा सजिलो महशुस गरेको छु’-उनले भने ।

शनिबारसम्म २२ वटा वडाका कार्यालयको उद्घाटन, वडा परिचालन कमिटीको बैठक, त्यहाँका अगुवा, जनसमुदाय, अन्य पार्टीहरुसंगको भेटघाटको आधारमा हेर्दा चुनाव जित्नेभन्दा कति फराकिलो मतान्तरले जित बनाउने भन्ने रहेको उनले जनाए । ‘तर पनि गारो नभएको भन्दैमा आराम वा विश्राम गर्दैनौ’- उनले भने । प्रचार, परिचालनको कामलाई निरन्तरता दिन कार्यकर्तालाई उनले आग्रह गरे । ‘हामीले काम गरेका छौ । हामीले काम गछौ। हामी कर्तब्यका रुपमा सेवक बनेर जनताका सरोकारका रुपमा काम गर्छौं ।’–भन्ने सन्देश घरघरमा पुगेर मतदाताहरुलाई दिनसमेत उनले आग्रह गरे ।

यसैगरी उनले विकास आयोजनाहरु नरोकिने भन्दै अत्यावश्यक सेवामा पर्ने सबैजसो विकासका आयोजनाहरुको बजेट निकासा गर्ने प्रतिवद्धता गरेको उनले बताए । यसैगरी बमघाटमा सत्यवचनका प्रतिनिधिसंग भेटघाट कार्यक्रममार्फत नेता पौडेलले उनीहरुका गुनासो सुन्ने काम गरेका छन ।

कार्यक्रमका संयोजन घनश्याम चापागाईले बमघाट क्षेत्रको समस्या र समाधानमा भएका ढिलाईबारे जानकारी गराएका थिए । आइतबार नै वडा नं ९ को निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन भएको छ ।

पौडेलले भेटघाटसँगै आफ्नो अगुवाईमा अघि सरेका योजनाको अवस्था, आगामी योजना विषय र अहिलेको अवस्थाका विषयमा मतदातालाई आफ्नो र पार्टीको दृष्टिकोणबारे प्रष्ट पार्दै आएका छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ४ : १३ बजे

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने