२८ असार २०८३, आइतबार | July 12, 2026

काठमाडौं-५ बाट ७० भन्दा बढी व्यक्ति नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आज विभिन्न पेशा व्यवसायका क्षेत्रमा सक्रिय ७० भन्दा बढी व्यक्तिहरू प्रवेश गरेका छन्।

काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरे।

कार्यक्रममा एमाले खेलकुद विभागकी सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, वकिल सबिना वाग्ले, नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय संयोजक जीवन हमाललगायत दर्जनौँ व्यक्तिहरू नेकपामा आबद्ध भएका हुन्।

संयोजक प्रचण्डले पार्टी प्रवेश गरेका सबैलाई बधाई दिँदै पार्टीभित्र उनीहरूको क्षमता र योगदानअनुसार उचित जिम्मेवारी प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ ऊर्जा र अनुभवले पार्टीलाई थप सशक्त बनाउने विश्वास समेत व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी रेनुका श्रेष्ठले नेपालमा यौटै मात्र कम्युनिष्ट केन्द्र हुनुपर्ने निश्कर्षका साथ नेकपामा प्रवेश गरेको बताइन । उनले अब काठमाडौं ५ बाट कल्पना शर्मालाई विजयी बनाउन दिनरात मेहनत गर्ने प्रतिवद्धता जनाइन ।

काठमाडौं-५ बाट नेकपाका उम्मेदवार कल्पना शर्माले आफ्नो जीवन जनताको सेवामा समर्पित रहेको बताउँदै सधैं जनताको सुख-दुःखको पक्षमा आवाज उठाउँदै आएको र आगामी दिनमा पनि निरन्तर सेवामा लागिरहने प्रतिबद्धता जनाइन्। उनले यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण, बाटोघाटोको समस्या र सुकुम्बासी समस्या समाधानका लागि संसदमा गम्भीरतापूर्वक उठाउने बताइन्।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ११ : ५५ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै