८ कार्तिक २०८३, आइतबार | October 25, 2026

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने



बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोली रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । विभिन्न जिल्लामा पार्टीका उम्मेद्वार सहित पार्टीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा बुधबार रुपन्देहीमा कार्यक्रम तय गरिएको हो ।

बिहान ११ बजे भैरहवास्थित युनिक बैंक्वेटमा जिल्ला स्तरिय कार्यकर्ता भेला आयोजना हुने जनाइएको छ । उक्त कार्यक्रममा उम्मेदवार सहित पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय समिति, पाँच वटै क्षेत्रीय सभापतिहरु, प्रदेशसभा ‘क’ र ‘ख’ समिति, पालिका तथा वडाका सभापतिहरुलाई अनिवार्य उपस्थित हुन नेपाली काँग्रेस रुपन्देही अनुरोध गरेको छ ।

आम निर्वाचनलाई लक्षित गर्दै पार्टीको रणनीति, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशा सम्बन्धमा केन्द्रीय उपसभापति शर्माले मार्गदर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए ।

कार्यक्रममा सबै नेता तथा कार्यकर्ताहरूलाई समयमै उपस्थित हुन आग्रह गरिएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसले क्षेत्र नं. १ मा हिराबहादुर खत्री, क्षेत्र नं. २ मा चुन्नप्रसाद पौडेल, क्षेत्र नं. ३ मा सुशिल गुरुङ, क्षेत्र नं. ४ मा आशुतोष मिश्रा र क्षेत्र नं. ५ मा भरतकुमार शाहलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : ४७ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा