८ भदौ २०८३, सोमबार | August 24, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र एक महिनासम्म लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि नै लागु हुनेगरी निषेधाज्ञा जारीगरेको हो ।

फागुन १ गते विमानस्थल र आसपासका क्षेत्रमा प्रदर्शन गर्ने घोषणा केही समूह तथा राजनीतिक दलले गरेपछि प्रशासनले उक्त निर्णय लिएको जनाएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरबाट काठमाडौं आउनेक्रममा उनको स्वागत गर्न राजावादी समुह र व्यक्तिहरुले समर्थकहरुलाई विमानस्थलमा आउन आह्वान गरेपछि प्रशासनले निषेधाज्ञा लगाएको हो । आदेशअनुसार विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने व्यवस्था गरिएको छ।

विमानस्थल प्रवेशद्वारको गोल्डेन गेटदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र र परिसरभित्रका सम्पूर्ण सडकसहित सम्पूर्ण विमानस्थल हातालाई निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख छ।

आदेशमा विमानस्थलजस्तो संवेदनशील स्थानमा भेला तथा प्रदर्शनका कार्यक्रम हुँदा उत्तेजित भीडबाट तोडफोड, आगजनीलगायत उच्छृङ्खल गतिविधि हुन सक्ने जोखिम औँल्याइएको छ।

यद्यपि, निषेधित क्षेत्रबाहेकका स्थानमा भने संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्ण रूपमा भेला हुने अधिकारप्रति प्रशासन प्रतिबद्ध रहेको पनि स्पष्ट गरिएको छ।

यसैगरी, पूर्वजानकारी दिएर आयोजना गरिने विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेमा आयोजकबाट क्षतिपूर्ति असुल गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  १० : ०९ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा ‘सिए टिएस’ प्रमाणीकरण

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको

आफुलाई ‘हिन्दुविरोधी’ देखाउने प्रयासप्रति बाबुराम भट्टराईको गम्भीर आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने

छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या-पूजा’

काभ्रेपलाञ्चोक । प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ