२९ माघ २०८२, बिहिबार | February 12, 2026

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा



बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको काँग्रेस पार्टी आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो र ठूलो दल बन्ने दाबी गरेका छन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रुपमा आउने उनको भनाइ छ ।

उनले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त गरिएको विभिन्न ठाउँको सूचनाबमोजिम काँग्रेस पहिलो पार्टी बन्ने बताएका हुन । काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताए । ‘काँग्रेसले धेरै निर्वाचनहरु जितेको छ । जित्ने कुरा हाम्रा लागि नौलो कुरा होइन, कयौं निर्वाचन हामी हारेका छौं । हार्ने कुरा पनि काँग्रेसको जिन्दगीमा नौलो कुरा होइन । तर, यो निर्वाचन कुन दल र उम्मेदवारले जित्ने भन्दा पनि अझ विशेष, गहन र गम्भीर छ, ’उनले भने ।

‘२०८४ मा हुने चुनाव २०८२ मा किन हुँदैछ ? ७४ जना आमाको काख किन जल्यो ? देशको सिंहदरबार, संसद् भवन किन जल्यो, अरबौं खरबौंको क्षति किन भयो, देशमा त्यो प्रकारको निराशा किन भयो ? यो भएको कुराको गम्भीर समीक्षा गरेर मतदातालाई मत दिन काँग्रेस आग्रह गर्ने हो, ’शर्माले भने ।

देशमा मन जलेको, मान्छेको मन भाँचिएको र विश्वास टुक्रिएको उहाँको भनाइ छ । ‘यो बेला जेनजी विद्रोह सबै गलत भयो, भदौ २३ अघि सबै ठीक थियो भन्ने होइन, ’उनले भने । पुरानाका दिन गए भन्न नमिल्ने उनको भनाइ छ । यो धर्तीमा सबैभन्दा पूरानो कुरा धर्ती नै भएको र नयाँ भनेको जन्ममितिले नहुने शर्माले बताए । ‘नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको काँग्रेस नै हो, ’शर्माले भने । जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको उनले बताए । संसार बदल्न छु भने आफूबाट नै सुरुवात गर्नुपर्ने शर्माको भनाइ छ ।

त्यस्तै पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसको बहुमत आउन जरुरी रहेको बताए । उनले काँग्रेसका सबै नेता-कार्यकर्ता एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे । काँग्रेस नेतृत्वको सरकारले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल बनाएको र काँग्रेस नेतृत्वले नै यसको सञ्चालन गर्ने उनको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले मुलुकको समस्याको समाधान काँग्रेसले मात्रै गर्न सक्ने बताए । प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न काँग्रेसलाई चुनावमा जिताउन आवश्यक रहेको उनले बताए ।

केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत कुमार शाहले काँग्रेस बदलिएको र अब देशलाई बदल्न आवश्यक रहेको बताए । उनले देश बदल्न भ्रष्टाचारमुक्त बनाउन आवश्यक रहेकोमा जोड दिए ।

सो अवसरमा रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रबाट प्रतिनीधि सभा निर्वाचनमा उम्मेदवार बनेका क्षेत्र नं. १ का हिराबहादुर खत्री, क्षेत्र नं. २ का चुन्नप्रसाद पौडेल, क्षेत्र नं. ३ का सुशिल गुरुङ, क्षेत्र नं. ४ का आशुतोष मिश्रा र क्षेत्र नं. ५ का भरतकुमार शाहले समेत सम्बोधन गरे ।

काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ हुने निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बने मात्र जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न सकिने बताए । कार्यक्रममा काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व केन्द्रीय सदस्य गंगा शाही ,सचिव हरि काफ्ले लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ७ : ३४ बजे

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

चक्कु प्रहार गरेर किशोरको हत्या

दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक