६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

दाङको गढवामा सर्पदंश उपचार केन्द्र सञ्चालन



दाङ । दाङको गढवामा भर्खरै सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा दुई जना सर्पले डसेका बिरामीको सफल उपचार भएको छ ।

यही असोज ४ गते सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा सर्पदंश घटनाका दुई जना बिरामी उपचारबाट निको भएर घर फर्केका केन्द्रले जनाएको छ ।

जिल्लाकै गढवा गाउँपालिका-५ का आठ वर्षीय रामकृष्ण पौडेल र गढवा-६ का ८० वर्षीय तुल्ला जोगी उपचारपछि निको भएर घर फर्केका केन्द्रका स्वास्थ्य प्राविधिक जीवराज शर्माले बताए । केन्द्र सञ्चालनमा नआउँदा यस क्षेत्रका सर्पदंशका बिरामीलाई कपिलवस्तुको गोरूसिंगे र बाँकेको शम्शेरगञ्ज जानुपर्ने बाध्यता थियो ।

उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण पनि कतिपय सर्पदंशका बिरामीको बीच बाटोमै मृत्यु हुनेगरेको थियो । गत आर्थिक वर्ष जिल्लामा १७ जनाको सर्पदंशबाट मृत्यु भएको जिल्ला आपतकालीन उद्धार केन्द्रले जनाएको छ । जिल्लामै सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्र स्थापना भएसँगै यस क्षेत्रका सर्पदंशका बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएपछि स्थानीवासी खुशी भएका छन् । दाङ सर्पदंशका घटना बाक्लै हुने जिल्लामा पर्ने गरेको बताइएको छ ।

झारफुक प्रवृत्ति कायमै

सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ ।

‘सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धामीझाक्री खोज्ने चलन अझै पनि कायमै रहेको छ’, केन्द्रका स्वास्थ्य प्राविधिक शर्माले भने, ‘जिल्लामा करिब ५ प्रतिशत बिरामी पहिला धामीझाक्री र त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।’

यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले ज्यान गुमाउनु परेको उनको भनाइ छ । ‘सबै सर्प विषालु हुँदैनन्, जिल्लामा ६० प्रतिशतभन्दा बढी ननपोइजनस घटना हुन्छन्’, उनले भने, ‘ती बिरामी घरमै बसे पनि मर्दैनन् । यिनै घटनामा धामीझाक्री र झारफुकको भ्रम पर्छ र विषालु सर्पले टोकेका बिरामीले ज्यान गुमाउँछन् ।’ रासस

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : ५७ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र