२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक



झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्ना उम्मेदवार केपी शर्मा ओलीलाई विजयी गराउन ३० बुँदे अपील सार्वजनिक गरेको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको उक्त अपीलमार्फत एमालेले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानका एजेन्डालाई अघि सारेको छ।

झापा–५ मा प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओली र रास्वापका बालेन्द्र साहबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन भइरहेका बेला एमालेले मतदातालाई लक्षित गर्दै विस्तृत प्रतिबद्धतासहित अपील सार्वजनिक गरेको हो। यस क्षेत्रलाई प्रतिष्ठाको प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

एमालेको अपीलमा राष्ट्रिय स्वाधीनताको रक्षा, स्थिर सरकारको आवश्यकता, आर्थिक विकासको तीव्रता, युवा रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य तथा शिक्षामा गुणस्तरीय पहुँच विस्तारलगायत विषयलाई प्राथमिकतामा राखिएको छ। साथै, झापा–५ लाई नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

अपीलमा सडक सञ्जाल विस्तार, सिंचाइ तथा खानेपानी व्यवस्थापन, आधुनिक कृषि प्रवर्द्धन, औद्योगिक वातावरण सिर्जना, पर्यटन प्रवर्द्धन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ। एमालेले ओलीको नेतृत्वमा देशले स्थिरता र विकासको गति पाएको दाबी गर्दै निरन्तरताका लागि मत दिन आह्वान गरेको छ।

यसैबीच, झापामा नेकपाका उम्मेदवार रञ्जित तामाङले पनि उल्लेख्य मत प्राप्त गर्ने आँकलन गरिएको छ। बहुपक्षीय प्रतिस्पर्धाका कारण यसपटक झापा–५ को चुनावी समीकरण थप रोचक बनेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार झापा–५ को नतिजाले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने भएकाले प्रमुख दलहरूले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छन्। निर्वाचन मिति नजिकिँदै जाँदा प्रचार–प्रसार र घरदैलो अभियान तीव्र बन्दै गएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ५ : २८ बजे

प्रधानमन्त्री शाहले किन बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ?

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट