नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा विशेष कार्यक्रम गरि मनाउने भएको छ । नेपाली परम्परागत चाडपर्व र सांस्कृतिक दिनहरुमा विशेष कार्यक्रम गर्दै आएको पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वमा विशेष कार्यक्रम गर्ने भएको हो ।
होटल पौवाका शाखाहरुमा महाशिवरात्रिको दिनभर पूजा अर्चना हुनुका साथै साँझमा धुनी जगाउने र महाप्रसाद वितरण गर्दै भजनकिर्तन गर्ने कार्यक्रम रहेको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए । स्थानीय भजन टोलीले भजनकिर्तन गर्ने साँझको कार्यक्रममा पौवा होटल आसपासका आफ्नो ग्राहक तथा सर्वसाधारणलाई प्रसाद वितरण गरिने भण्डारीले जानकारी दिए ।
होटल पौवाको नेपालगन्ज शाखामा गुल्मेली समाजको भजन टोलिबाट भजनकिर्तन प्रस्तुत हुने पौवा नेपालगन्जका महाप्रबन्धक गिरीराज पाण्डेले बताए । त्यसैगरि बुटवलको योगिकुटी शाखामा चर्चित भजन गायक सुरज भण्डारीसहित स्थानीय कलाकारहरुले भजन प्रस्तुत गर्ने कार्यक्रम रहेको बुटवलमा सहमहाप्रबन्धक प्रकाश घिमिरेले जानकारी दिए ।
१० वर्षअघि स्थापना भएको पौवाले आफ्नो नामको भावलाई प्रतिबिम्बित गर्नेगरी आतिथ्य सेवा प्रदान गर्दै आएको छ । ‘जसरी विगतमा बाटोमा हिँड्ने बटुवाले आश्रय लिने स्थानलाई पाटी पौवा भन्ने गरिन्थ्यो, आकाशबाट झरी पर्दा होस् वा आँधीतुफान आउँदा पाटी पौवा बटुवाहरूका लागि ओत बस्ने सहारा बन्ने गर्दथ्यो । त्यसैगरी, होटल पौवा देश विदेशका अतिथि पाहुनाहरूको ओत बनेको छ । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित भैरहेको छ ।’ अध्यक्ष भण्डारीले भने ।
स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएको पौवा व्यवस्थापनको दाबी छ् । अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको होटल पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताए । ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ । सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ ।’ ज्ञवालीले भने ।
होटल पौवाको सेवा नेपाली हस्पिटालिटी
पौवा आतिथ्य सेवालाई मुल मन्त्रको रुपमा सञ्चालित होटल हो । संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफनो विस्तारको लक्ष्य लिएको छ । देश विकासको महत्वपूर्ण आयाम भनेको संस्कार र संस्कृतिको संरक्षण एवं सम्बद्र्धन पनि हो । नेपाली आतिथ्य संस्कृति विश्वमै अनुपम छ । संसारभरका पाहुनाहरूलाई न्यानो आतिथ्य संस्कारसहितको संस्कृति प्रदान गर्ने काम होटल पौवाले गर्दै आएको छ ।
१० वर्षअघि विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । आजको दिनसम्म आइपुग्दा १८ वटा शाखा पुगेका छन् । अवका केहीदिनमा मधेश प्रदेशको राजधानी जनकपुर र बागमती प्रदेशको राजधानी हेटौडा नजिकको मकवानपुर गढीमा पौवाको सेवा सुरु हुने भएका छन् । पौवालेँ ७०० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी पदान गरेको छ ।

















प्रतिक्रिया