५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ



बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गर्ने उद्देश्यले स्कुटर चढेर आएका २ जना व्यक्तिलाई स्थानीयले देखेपछि लु ९९ प ७३८८ नं को स्कुटर छोडेर भागेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

आज मध्यान्ह १ बजेको समयमा रुपन्देही सैनामैना नगरपालिका वडा नं. ४ कर्बला स्थित भित्रि सडक खण्डमा लु ९९ प ७३८८ नं को स्कुटरमा चोरी गर्न आएका मानिसहरु चावी सहित स्कुटर छाडी फरार भएको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीटोलीले कपिलवस्तु नगरपालिका वडा नं १ कपिलवस्तुका २३ वर्षिय लोक बहादुर बि.क. र रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ का ३३ वर्षिय माँगुरे भन्ने दिपक गाहालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बरामद भएको स्कुटर चेकजाँच गर्दा पहेलो सुन जस्तो देखिने धातुका गरगहना लगायत अन्य सामनहरु फेला परेको छ । बरामद गरगहना तथा सामानहरु सहित स्कुटर नियन्त्रणमा लिई संलग्नमानिसहरुको खोजतलास गर्नेक्रममा सैनामैना नगरपालिका वडा नं. १ बनकट्टाबाट २ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेकाहरुबाट सुन जस्तो देखिने बाला थान १, हार थान १, झुम्का थान ३, मिनि हार थान १, सिक्री हार थान १, मसिना बाला तार जस्तो थान १, चोरीको लु ९७ प ३१४२ को स्कुटर र बिल बुक तथा मोबाईल थान २ बरामद गरेको छ ।

पक्राउ परेका बिक र गाहा माथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १० : ५५ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको