१० श्रावण २०८३, आइतबार | July 27, 2026

कडाईगर्दै बर्दिया प्रशासन, ४ जना भन्दा बढी सङ्गै हिँड्न प्रतिबन्ध



बर्दिया । प्रदेश नम्बर ५ को पश्चिम सिमाना बर्दियामा कोरोना संक्रमणको दर तिव्र हुँदै गएपछि बर्दियामा सवारी साधन,उद्योग व्यवसाय तथा पसल सञ्चालनमा कडाई गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको वैठकले असोज १३ गते देखि सवारी साधन र व्यवसायी सञ्चालनमा कडाई गर्ने निर्णय गरेको हो ।

बैठकले सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागु गर्ने, उद्योग व्यवसाय र पसल विहान १० बजेदेखि ५ बजेसम्म मात्र सञ्चालन गर्ने र ४ जनाभन्दा बढीको समूहमा हिड्न निषेध गर्ने निर्णय गरेको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले दिन प्रतिदिन जिल्लामा संक्रमितको संख्या तथा मृत्यु हुनेको संख्या बढिरहेकोले जोखिम कम गर्नकालागि केही कडाई गरीएको जानकारी दिए ।

जिल्लाका केही स्थानीयतहहरुले विद्यालय सञ्चालनको तयारी गरिरहेका बेला विद्यालय सञ्चालन गर्दा झन् संक्रमण बढ्न सक्ने भन्दै विद्यालय सञ्चालनमा समेत रोक लगाईएको छ । हालको अवस्था अनुसार संक्रमणको जोखिम उच्च देखिएको हुँदा विद्यालय सञ्चालन नगर्न शिक्षा विकास समन्वय इकाई र स्थानीयतहलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

बर्दियामा हालसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भईसकेको छ । जिल्लामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४५८ जना निको भएर घर फर्केका छन् ।

 

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : १४ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले