१ पुस २०८२, मंगलबार | December 17, 2025

असोजमै पाक्यो सुन्तला



गलकोट । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् ।

बागलुङ नगरपालिका-८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनि उत्साहित छन् । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाएका थिए । गतवर्ष पाँच सात वटा रुखमा सुन्ताल फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन् । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन् ।

‘फोहोरपरार यही समयममा उन्सु मात्रै १५/२० केजी सुन्तला बिक्री गरेको थिएँ, अहिले यसको उत्पादन बढेको छ,’ खड्काले भने, ‘अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार गरिनेछ ।’

खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा १०० दाना मात्रै लाग्ने गर्दछ । प्रतिकिलो रु १५० मा बिक्री हुने खडकाको भनाइ छ । सुन्तलाका सानो बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले बिक्री गर्न थालेका छन् । चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका थिए ।
खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन् । पाँच वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब १०० सुन्तलाका बोटमा लटरम्म फल लागेपछि उनि उत्साहित छन् ।

‘मैले परीक्षणका लागि मात्रै १०० बोट सुन्तला लगाएको थिएँ, परीक्षण सफल भयो अब यसको व्यावसायिक उत्पादनका लागि बगैँचा विस्तार गर्ने योजनामा छु’, खड्काले भने । कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्ने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाएका थिए ।

नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानी जातका सुन्तला लगाए । व्यावसायिक उत्पादन गर्न सके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताए । चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आएका खड्काले हालसम्म १४ प्रजातिका सुन्तलाका विरुवा लगाएका छन् ।

उनिसँगै झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ । मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची, तरकारीको समेत खेती गर्दै आएका खड्का बागलुङकै अगुवा कृषकका रुपमा चिनिदै आएका छन् । बाह्रै महिना सुन्तला उत्पादन गर्ने गरी बेमौसमी सुन्तलाका बिरुवा विस्तार गरिरहेको खड्काको भनाइ छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ३३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष