३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नवलपुरमा निर्वाचन तयारी पूरा



नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा पाँच हजार बढी जनशक्ति परिचालन हुने भएका छन् ।

नवलपुर–१ का मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जिल्लामा एक हजार ८६९ जना निर्वाचन कर्मचारी र तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुँदैछन् । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारीसहितका गरी एक हजार ८६९ कर्मचारी परिचालन हुनेछन् । त्यस्तै निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, निर्वाचन प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुनेछन् ।

निर्वाचन सम्पन्न गराउनका लागि हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृतसहित आठ जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए। मतदानमा खटिने मतदान अधिकृतका लागि फागुन १४ र १५ गते प्रशिक्षण दिएर मतदान केन्द्रमा खटाउने तयारी भइरहेको निर्वाचन अधिकृत ज्ञवालीको भनाइ छ । निर्वाचनका लागि जिल्लामा आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसीलगायतका सम्पूर्ण ५१ प्रकारका निर्वाचन सामग्री जिल्लामा आइसकेको उनले बताए ।

निर्वाचनका लागि जिल्लामा करिब छ लाख मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले बताए। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ एक लाख ४६ हजार तथा समानुपातिकतर्फ एक लाख ५४ हजार मतपत्र आइपुगेको उनले जानकारी दिए । त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ पनि एक लाख ४१ हजार तथा समानुपातिकतर्फ एक लाख ४१ हजार मतपत्र आइपुगेको उनले बताए ।

यहाँको निर्वाचन क्षेत्र नं १ मा एक लाख ३७ हजार ८१ मतदाता एवं क्षेत्र नं २ मा एक लाख ३१ हजार ४४५ मतदाता छन् । जिल्लामा एउटा अस्थायी मतदान केन्द्रसहित कुल ३११ मतदानस्थल कायम गरिएका छन् । कावासोती नगरपालिका–२ स्थित शिव मावि मतदानस्थलमा अस्थायी मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन अधिकारी शर्माले यहाँ मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत तीन हजार ४४२ जनाले मतदान गर्ने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ११ : २२ बजे

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस