३० श्रावण २०८३, शनिबार | August 15, 2026

स्वास्थ्य कार्यालय रुपन्देहीको लापरवाही, २ दिनका बीचमा मृतकको संख्या घटायो



बुटवल । स्वास्थ्य कार्यालय रुपन्देहीले कोरोना संक्रमितहरुको जिल्लामा मृत्यु भएकाहरुको संख्या घटाएको छ ।
हिजो मृतकको संख्या २२ बताएको स्वास्थ्य कार्यालयले सोमबारको विज्ञप्तिमा २१ जना जिल्लामा मृत्यु भएको उल्लेख गरेको छ ।

रुपन्देहीमा आज पनि ४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार रुपन्देहीमा १० महिला र ३२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा २३ जना संक्रमित थपिएका छन् भने सिद्धार्थनगर नगरपालिकामा १२ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, सियारी गाँउपालिकामा २ जना तथा सैनामैना र देवदह नगरपालिकामा १।१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

सोमबार ४२ जना थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २४९६ पुगेको छ । असोज १० गते २२ जना जिल्लामा मृत्यु भएको जानकारी दिएको स्वास्थ्य कार्यालयले सोमबार भने मृतकको संख्या घटाएर २१ बनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ५ : १६ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर