२० मंसिर २०८२, शनिबार | December 6, 2025

स्वास्थ्य कार्यालय रुपन्देहीको लापरवाही, २ दिनका बीचमा मृतकको संख्या घटायो



बुटवल । स्वास्थ्य कार्यालय रुपन्देहीले कोरोना संक्रमितहरुको जिल्लामा मृत्यु भएकाहरुको संख्या घटाएको छ ।
हिजो मृतकको संख्या २२ बताएको स्वास्थ्य कार्यालयले सोमबारको विज्ञप्तिमा २१ जना जिल्लामा मृत्यु भएको उल्लेख गरेको छ ।

रुपन्देहीमा आज पनि ४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार रुपन्देहीमा १० महिला र ३२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा २३ जना संक्रमित थपिएका छन् भने सिद्धार्थनगर नगरपालिकामा १२ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, सियारी गाँउपालिकामा २ जना तथा सैनामैना र देवदह नगरपालिकामा १।१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

सोमबार ४२ जना थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २४९६ पुगेको छ । असोज १० गते २२ जना जिल्लामा मृत्यु भएको जानकारी दिएको स्वास्थ्य कार्यालयले सोमबार भने मृतकको संख्या घटाएर २१ बनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ५ : १६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति