४ आश्विन २०८३, आइतबार | September 20, 2026

रौतहट ४ को मतगणना सुरु



चन्द्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत उद्धव ढोडारीले दिएको जानकारी अनुसार गढीमाई नगरपालिका-९ को इनर्वाटोलको मतपेटिका खुलेको छ । मतगणना चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ६९ हजार ९५३ मत खसेको छ । चारवटा पालिकाको ३० वटा वडा रहेको यस क्षेत्रमा ६० वटा मतदानस्थल र १३४ वटा मतदान केन्द्र रहेका छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट देवप्रसाद तिमलसिना, नेकपा एमालेबाट रामजी साह, रास्वपाबाट गणेश पौडेल, नेकपाबाट रामकुमार भट्टराई, आजपाबाट ऋषि धमला, जसपाबाट राजकुमार दासले उमेदवारी दर्ता गराएका छन । राति सम्पन्न सर्वदलीय बैठकको निर्णयअनुसार बिहानबाट मतगणना सुरु भएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : ३१ बजे

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा । ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको