१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसलालाई स्वीकार गर्ने बताएका छन्।

उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मतदाताको फैसला सम्मानयोग्य रहेको उल्लेख गरेका हुन्।

उनले विगतमा ‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागत गर्दा अपनाइएको संयम सम्झँदै अहिले ‘ब्यालेट’मार्फत उदाउँदै गरेको रास्वपालाई पनि स्वागत गर्नुपर्ने बताएका छन्।

शर्माले २०७९ सालमै देखिएको राजनीतिक संकेतका दृष्टिले अहिलेको अवस्था अप्रत्याशित नभएको पनि उल्लेख गरेका छन्। साथै उनले नयाँ शक्तिप्रति देखिएको चर्को आशा फेरि निराशामा बदलिन नहुने भन्दै देशका मूल प्रश्नहरूमा समर्थन र खबरदारी दुवै रहने धारणा व्यक्त गरेका छन्।

उनले लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : २७ बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै