२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी

धन्यवाद र्‍याली गर्ने तयारी, अबिर, खादा, माला नलाउने, नाराबाजी पनि नगर्ने



बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेल भारी मतान्तरका साथ विजयी भएका छन् । निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरी उनलाई औपचारिक रूपमा विजयी घोषणा गर्ने तयारी गरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार खरेलले ५६  हजार ५५०  मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२  हजार ८६१  मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९  हजार ३९२  मत प्राप्त गरेका छन् ।

विजयी घोषणा भएपछि खरेलले निर्वाचन कार्यालय बुटवल-११ देखि बुटवल देवीनगरसम्म पैदल धन्यवाद र्‍याली आयोजना गर्ने तयारी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत र्‍यालीमा सहभागी हुन समर्थक तथा सर्वसाधारणलाई आह्वान गरेका छन् । रास्वपाले पनि आन्तरिक तयारीसहित र्‍यालीका लागि सहभागी हुन कार्यकर्तालाई सर्कुलर जारी गरेको बताइएको छ ।

खरेलले र्‍यालीमार्फत लोकतन्त्र तथा भ्रष्टाचारमुक्त राज्य स्थापनाका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण वीर शहीदहरूको सम्झनामा दीपप्रज्वलन कार्यक्रमसमेत आयोजना गरिने बताएका छन् । साथै निर्वाचनमा साथ, विश्वास र सहयोग गर्ने आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीप्रति कृतज्ञता व्यक्त गर्न धन्यवाद र्‍याली आयोजना गरिएको उनले उल्लेख गरेका छन् ।

कार्यक्रमलाई सादगीपूर्ण बनाउने उद्देश्यले र्‍यालीका क्रममा खादा, माला, अबिरलगायत कुनै पनि सम्मान सामग्री प्रयोग नगर्न उनले आग्रह गरेका छन् ।

यसैबीच रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार यसअघि नै विजयी घोषणा भइसकेका छन् भने बाँकी चार निर्वाचन क्षेत्रमा पनि रास्वपाले जित सुनिश्चित गरेको दाबी गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : ११ बजे

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

विश्वकप फुटबल : चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका-३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर)