२५ भदौ २०८३, बिहिबार | September 10, 2026

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणामको अन्तिम घोषणा नगरेको भन्दै असन्तुष्टि जनाएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसके पनि आयोगले अझैसम्म निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिएको उल्लेख गरिएको छ।

आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनअनुसार सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको र त्यसमा नेकपाका उम्मेदवार यादव विजयी भएको पार्टीको दाबी छ। तर, यसपछि पनि आयोगले प्रमाणपत्र वितरणमा आलटाल गर्नु तथा स्थापित निर्वाचन प्रक्रिया र विधिविपरीतका गतिविधि देखिनु चिन्ताजनक भएको नेकपाको भनाइ छ।

“कानुनी रूपमा उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित भन्दै विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु कानुनसम्मत देखिँदैन,” विज्ञप्तिमा भनिएको छ।

नेकपाले संवैधानिक निकायका रूपमा रहेको निर्वाचन आयोगलाई विधिको शासन पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको छ। साथै न्यायालयले पनि कानुन र विधिसम्मत ढंगले सही निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १० : ४४ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार