१३ बैशाख २०८३, आइतबार | April 26, 2026

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा अनुरूप नआए पनि जनताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्।

ओलीले अन्तिम निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलोपटक सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै जनादेश नपाएपनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने बताएका छन्।

उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने उल्लेख गर्दै त्यसलाई शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको बताए।

उनले आफूले यसपटकको निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका छन्। साथै एमालेले अपेक्षित परिणाम ल्याउन नसकेको उल्लेख गर्दै उनले जनताको मतलाई पूर्ण सम्मानका साथ ग्रहण गर्ने बताएका छन्।

ओलीले कठिन परिस्थितिमा पनि ‘सूर्य’ चुनाव चिह्नमा मतदान गरी पार्टीको पक्षमा उभिएका मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो,” उनले सन्देशमा उल्लेख गरेका छन्।

उनले आगामी दिनमा पनि जनता बीचमै रहेर जनताकै हितका लागि काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

ओलीले जनतासँगको विश्वासको सम्बन्धलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताउँदै मत दिने, साथ दिने र विश्वास राख्ने सबैप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १० : ४० बजे

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ-गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत

वर्षाले जलेश्वर जलमग्न

जलेश्वर । आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध

‘गल्छी-रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

नुवाकोट । ‘गल्छी-रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको सडकको

फलामखानीको थप अनुसन्धान गरिँदै

काठमाडौँ । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)