२९ जेष्ठ २०८३, शुक्रबार | June 13, 2026

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी



बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-४ संगमपथ स्थित न्यु गुल्मेली रेसुङ्गा ट्रेडर्समा आज साँझ आगलागी भएको हो ।

राजु श्रेष्ठले संचालन गर्दै आएको जुत्ता चप्पलको थोक पसल र गोदाममा आगलागी हुँदा करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

साँझ ७ः३० बजे लागेको आगलागीलाई बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाको दमकलको सहयतामा नियन्त्रण गरिएको छ । आगलागी लगत्तै प्रहरी र स्थानीयबासीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीको खबर पाए लगत्तै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख घटनास्थल पुगेर आगलागी नियन्त्रणमा जुटेका थिए । आगलागीबाट भएको वास्तविक क्षतिका विषयमा प्रहरीले अनुसनधान थालेको छ । आगलागीको कारण बारेपनि अध्ययन भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ९ : ३७ बजे

सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन

सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा पत्रकारहरूको धर्ना

नेपालगन्ज । सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना

विपद्लाई राजनीतिकरण गर्नुहुँदैन : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण

महसुल उठाउने नाममा उद्योगीलाई दबाब नदिन औद्योगिक क्षेत्र उद्योग महासङ्घको आग्रह

काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार