२२ भदौ २०८३, सोमबार | September 7, 2026

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण



काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण गरेको बताइएको छ । विदेशी सञ्चारकर्मीहरूसँगको सम्बोधनमा यी आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

उपलब्ध विवरणअनुसार, आक्रमण गरिएका संरचनामध्ये २० हजार भन्दा बढी तेहरानमा रहेका छन् भने ६० हजार भन्दा बढी अन्य स्थानमा छन् । करिब १८ हजार ७९० व्यापारिक स्थलमा आक्रमण भएको, २६६ स्वास्थ्य संस्था प्रभावित भएको र ४९८ विद्यालय निशानामा परेको जनाइएको छ ।

आक्रमणका कारण १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको र ९० भन्दा बढी घाइते भएका छन्। साथै, बालबालिका र २३१ महिलासहित सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् । विभिन्न सञ्चारमाध्यमका अनुसार युद्धमा कुल मृतक सङ्ख्या एक हजार ५०० भन्दा बढी पुगेको अनुमान गरिएको छ ।

गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरान लगायत इरानका विभिन्न शहरहरूमा आक्रमण सुरु गरेका थिए, जसमा इरानका पूर्व सर्वोच्च नेता अली खामेनेई सहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको बताइएको छ । त्यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १ : २८ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको