११ असार २०८३, बिहिबार | June 25, 2026

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा पार्टीका विचार मात्रै बोल्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिँदै अध्यक्ष ओलीले आफूलाई मन लाग्यो बोलेँ भन्न नपाइने बताएका हुन् ।

एकतालाई सुदृढ बनाएर अघि बढ्नुपर्ने र यति बेलाको आवश्यकता पनि एकता नै भएको ओलीले बताए । ‘संसद् पार्टीका नीति निर्णयमुताबिक अनुशासित भएर चल्नुपर्छ । हामी आफू खुसी चल्न डम्फु बजाउन त्यहाँ पुगेका होइनौँ,’ ओलीले भने ।

उनले भर्खरै सम्पन्न निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ भएको टिप्पणी गरे। अध्यक्ष ओलीले निर्वाचन प्रक्रिया र परिणामबारे विस्तृत टिप्पणी गर्ने बेला नभए पनि अहिलेको नतिजा स्वभाविक नभएको बताए। उनले एमालेलाई राजनीतिक वा तथ्यका आधारमा नभई असत्य, गालीगलौज र कुप्रचारका माध्यमबाट प्रहार गरिएको गुनासो गरे।

उनले एमाले विरुद्ध असत्य र कुप्रचारबाट प्रहार भएको उल्लेख गर्दै उनले पार्टीले सभ्य शैलीले त्यसको मुकाबिला गर्न नसकेको बताए ।

ओलीले पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा स्टाटस लेख्दा चाहिनेभन्दा बढी नचाहिने कुरा लेख्ने गरेको आरोप लगाए । उनले सामाजिक सञ्जालको अत्यधिक र प्रभावकारी प्रयोग गर्न पनि निर्देशन दिए ।

“हामीविरुद्ध तथ्य र तर्कमा आधारित नभई असभ्य र भ्रमपूर्ण रूपमा प्रहार हुनसक्ने भएकाले त्यसको डटेर सामना गर्न एकजुट हुनुको विकल्प छैन । अहिले नै हामीले हरेस खानुपर्ने कुनै आवश्यकता छैन । हामी सत्यको मार्गमा थियौँ, छौँ र रहनेछौँ”, उनले भने, “यस अवस्थामा हाम्रो पार्टी एकताबद्ध र एक ढिक्का भएर अगाडि बढ्नुपर्छ । पार्टीका नीति र निर्णयबमोजिम अनुशासित भएर नेता र सांसद प्रस्तुत हुनुपर्छ ।”

अध्यक्ष ओलीले अहिले विश्व राजनीतिमा अराजकता हाबी भएको भन्दै संयुक्त राष्ट्रसङ्घजस्ता निकाय निष्प्रभावी भएका बताए । कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्याललगायत सहभागी थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ४ : २५ बजे

रास्वपाको प्रदेशसभा खारेजी प्रस्तावप्रति बाबुरामको चेतावनी – ‘संघीयता भत्काउने भूल नगर्नू’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान