१ भदौ २०८३, सोमबार | August 18, 2026

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक



काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको छ।

उक्त बैठक बुधबार चैत १८ गते दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने तय गरिएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद् बैठकअघि दलहरूबीच छलफल गर्न सर्वदलीय बैठक बोलाउने प्रचलनअनुसार बैठक आह्वान गरिएको हो। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नै बैठकको नेतृत्व गर्नेछन्।

बिहीबार चैत १९ गते दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्ने तय भएको छ। सोही बैठकको कार्यसूची तथा व्यवस्थापनबारे छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने छ वटा दललाई बैठकमा बोलाइएको बताइएको छ।

सभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ। यसअघि केसीले चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका थिए।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ११ : ५० बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार