२६ असार २०८३, शुक्रबार | July 10, 2026

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा



काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल प्रयोग गरेर राज्यआतंक फैलाएको आरोप लगाएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारी रबैयाका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

बैठकपछि महासचिव शंकर पोखरेलले पत्रकारसँग कुरा गर्दै पार्टी र जनसंगठनका तर्फबाट भएका प्रदर्शनमा सरकारका तर्फबाट बल प्रयोग गरी आन्दोलनलाई उत्तेजित बनाउने काम भएको भन्दै त्यसप्रति बैठकले गम्भीर आपत्ति जनाएको बताए।

एमालेले पार्टी कार्यालय परिसरभित्रै प्रहरी प्रवेश गरी नेता तथा कार्यकर्तामाथि लाठीचार्ज गर्नुका साथै गरिएको धरपकडको पनि कडा निन्दा गरेको छ। सरकार गठनलगत्तै गरिएको पक्राउ तथा कारबाहीले सरकार राज्यआतंकतर्फ उन्मुख भएको निष्कर्ष बैठकले निकालेको एमालेले जनाएको छ।

पार्टीले सरकार प्रतिशोधको भावनाले अघि बढेको आरोप लगाउँदै आन्दोलनको स्वरूप परिवर्तन गरेको छ। यसअघि विरोध प्रदर्शनको कार्यक्रम राखिएकोमा अब भेला, जनपरिचालन र सभामार्फत आन्दोलनलाई विस्तार गर्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिए।

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पार्टी सरकारविरुद्ध थप आक्रामक बनेको छ।

घोषित कार्यक्रमअनुसार चैत २५ गते सबै जिल्ला कमिटीमा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गरिनेछ। त्यसपछि चैत २८ गते देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने योजना छ। वैशाख ३ गते देशभरका ६ हजार ७४३ वडामा भेला आयोजना गरिनेछ भने वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन गरिनेछ।

आन्दोलनको अन्तिम कार्यक्रमका रूपमा वैशाख १२ गते काठमाडौंमा वृहत् विरोधसभा आयोजना गर्ने एमालेले जनाएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : २६ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी