२२ भदौ २०८३, सोमबार | September 7, 2026

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ



बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना विचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा कमिसन लिँदै आएका उनीहरूलाई सादा पोशाकमा निगरानी गरेको प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

पक्राउपर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटाका २५ वर्षीय सरोज खनाल र गुल्मी छत्रकोट गाउँपालिका घर भई हाल बुटवल-१३ बेलबास बस्ने ३७ वर्षीया कुसुम मरासिनी रहेकी छिन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको कार्यालय प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।

प्रहरीले कार्यालयभित्र हुने भ्रष्टाचार तथा अनियमितता नियन्त्रणका लागि निगरानी कडा बनाएको जनाएको छ । साथै सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन कार्यालयले नागरिक सहायता कक्षसमेत स्थापना गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ६ : ४२ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा