२१ असार २०८३, आइतबार | July 5, 2026

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)



काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको छ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरुलागि दरखास्त आह्वान गरेको हो।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जनाएको छ।

सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, प्रहरी अस्पताल लगायतका निकायका लागि ६०७ पदमा नयाँ कर्मचारी भर्ना गर्न लागिएको सूचनामा उल्लेख छ।

सूचना अनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकका लागि यही चैत २५ गतेदेखि आगामी वैशाख २४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

सूचनामा प्राविधिक प्रहरी जवानका लागि यही चैत २६ गतेदेखि आगामी वैशाख ३१ गतेसम्म निवेदन दिन सकिने जनाइएको छ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १० : ०२ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल