२१ चैत्र २०८२, शनिबार | April 4, 2026

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा



काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा दाबी गरेको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने घोषणा गरेका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै आफूहरूको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ, अब उपसभामुख चयनको निर्वाचन हुँदैछ । हामी महिला उम्मेदवार खडा गर्दैछौँ । हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई ? ७ भोट आउँछ कि १८९ ?”

यसअघि प्रतिनिधिसभाको सभामुख पदमा डीपी अर्याल निर्विरोध चयन भइसकेका छन् । उपसभामुख चयनको तयारी भइरहेका बेला श्रम संस्कृति पार्टीको यो घोषणाले संसदीय समीकरणमा नयाँ चर्चा सुरु भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ७ : ५९ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा