६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

होटल पौवा बुटवलले स्थापना दिवसमा सामाजिक तथा सचेतनामूलक कार्यक्रम गरी मनायो



बुटवल । होटल पौवा बुटवल शाखाले १० औँ स्थापना दिवस विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसका अवसरमा होटल अगाडिबाट शान्तिचोकसम्म र होटल पछाडिबाट नरुमल्ल पथसम्म सरसफाइ अभियान सञ्चालन गर्नुका साथै र्‍यालीसमेत निकालिएको थियो । होटल परिसर परिक्रमा तथा सरसफाइ कार्यक्रममार्फत स्थापना दिवस मनाइएको हो ।

यसै अवसरमा मानवसेवा आश्रम, तिलोत्तमामा आश्रय लिइरहेका आश्रितहरूलाई भोजन गराइएको होटलका म्यानेजिङ डाइरेक्टर विष्णु ज्ञवालीले जानकारी दिए । उनका अनुसार संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत जेष्ठ नागरिक, शारीरिक तथा मानसिक रूपमा कमजोर आश्रितहरूलाई खाना वितरण गरिएको हो ।

ज्ञवालीले आश्रयविहीन व्यक्तिहरूको संरक्षणमा योगदान दिँदै आएको मानवसेवा आश्रमको अभियानमा सहभागी हुन पाउनु होटल पौवाका लागि गौरवको विषय भएको बताए ।

होटलका शाखा प्रमुख प्रकाश पाठकका अनुसार पौवाले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय तथा स्वस्थकर खाना प्रदान गर्दै आएको छ र सोही प्रतिबद्धताअनुसार स्थापना दिवसका अवसरमा आश्रमका आश्रितहरूलाई पनि स्वस्थ र स्वादिष्ट भोजन प्रदान गरिएको हो ।

आश्रममा रहेका करिब ८० जना आश्रित तथा सेवामा खटिएका स्वयंसेवकहरूलाई बिहानको खाना वितरण गरिएको थियो । कार्यक्रममा शाखा प्रमुख प्रकाश पाठक, उपप्रमुख प्रकाश घिमिरेलगायत होटलका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ६ : ४२ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा